Friday March 29, 2024 | |

म्यूजिक भिडियोमा सगरमाथा क्षेत्र

featured-news

काठमाण्डाै - पर्यटकीय गाउँपालिकाका रुपमा परिचित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको गीत सार्वजनिक भएको छ ।

यसै हप्ता प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेको खुम्बुपासाङल्हामु गाउँपालिकाले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, भौगोलिक विविधतालाई समेटेर तयार पारिएको गीत सार्वजनिक गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा खुम्बुपासाङल्हामु गाउँपालिकामा पर्छ । 

गएको जेठ १३ गते नाम्चेमा सगरमाथा सरसफाइ अभियान सम्पन्न गर्ने क्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विमोचन गर्नुभएको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।

गाउँपालिकाको पहिचान झल्काउन र पर्यटन प्रवर्द्धन समेत गर्ने उद्देश्यले गीत तयार पारिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । गीतमा हिमाली मनोरम दृष्यको साथै त्यहाँ संस्कृति र हिमाली वीरताको गाथा समेटिएको छ । 

प्रताप दासको स्वरमा रहेको गीत पुरुषोत्तम सानुले लेख्नुभएको हो भने यसमा ज्योति प्रकाशको संगीत रहेको छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार