Thursday March 28, 2024 | |

भारत र माल्दिभ्सद्धारा आतंकवाद र अतिवादको मुकाविला गर्न आपसी साझेदारीतामा जोड

featured-news

नयाँ दिल्ली। भारत र माल्दिभ्सले प्रतिआतंकवाद, अतिवाद र हिंसात्मक चरमपन्थीबिरुद्ध सम्बन्धी पहिलो संयुक्त बैठक आयोजना गर्दै आतंकवादबिरुद्धको लडाईमा साझेदारीता सुदृढ पार्नुपर्नेमा जोड दिएका छन्।

दुबै पक्षले सबै प्रकारका आतंकबादको भत्र्सना गर्र्दै आतंकवाद बिरुद्धको लडाईमा वृहत र दिगो सहकार्यको आवश्यकता औल्याएका छन्।

दुबै देशले हरेक देशले आतंकबाद बिरूद्ध ठोस कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन। आतंकबाद क्षेत्रीय चूनौती र खतरा रहेको भन्दै अतिवाद र आतंकबादको खतरा कुनैपनि देशको सीमाभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अति आवश्यक भएको बताए। स्रोतः लेटेस्टेली–

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार