Thursday April 25, 2024 | |

युट्युबले रोक्यो नायिका प्रियंका कार्कीको बोल्ड भिडियो

featured-news

नेपाली चलचित्र कथा काठमाण्डुको गीत रातको कुरा युट्युबले १६ बर्ष मूनिका युवा युवतिलाई हेर्न प्रतिबन्ध लगाइएको छ ।१६ वर्ष मूनिका युवायुवतिले भिडियो हेर्नका लागि युट्युवको नियम अनुसार उमेर कन्फर्म गर्नुपर्नेछ ।

आइतबार रिलिज गरिएको उक्त गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीको उत्तेजक प्रस्तुति रहेको छ । गीत रिलज भए लगतै प्रियंका र निर्देशक संगीता श्रेष्ठको आलोचना शुरु भैरहेको अवस्थामा युट्युवले पनि प्रतिवन्ध लगाएको हो । नेपाली चलचित्रका गीतलाई युट्युवले उमेर पावन्दी लगाएको यो पहिलो घटना हो ।

bold

रातको कुरा गीतमा इन्दिरा जोशीको आवाज रहेको छ । प्रियंका कार्की र प्रमोद अग्रहरीसंगै सन्ध्या केसी, आयुश्मान जोशी, सन्जोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भुमिका रहेको चलचित्र कथा काठमान्डुमा सञ्चारकर्मी श्रेष्ठको डेब्यु निर्देशन रहेको छ । पहिलो गीत नै विवादित भएपछि अब चलचित्र माथि सेन्सरबोर्डले के गर्ला भन्ने अहिलेदेखि नै चासोको बिषय बनेको छ । चलचित्र आउदो असोज १२ गते रिलिज हुदैछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार