Wednesday April 24, 2024 | |

मंसिर १४ सम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको लक्ष्य

featured-news

काठमाडौं – आईतवार एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना भएका स्थानमा प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र एकैपटक गन्ती गर्न केही ढिला भएको निर्वाचन आयोगको तर्क छ । राजनितिक दलको अवरोध बाहेक १५२ वटा निर्वाचन क्षेत्रको मंसिर १४ गतेसम्म अन्तिम मतपरिणाम निकाल्ने निर्वाचन आयोगको लक्ष्य छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ । उपत्यकाका काठमाडौं ललितपुर र भक्तपुरको १५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आईसकेको छ । देशभरबाट मत परिणाम आउने क्रम जारी नै छ । दोलखा र स्याङजा निर्वाचन क्षेत्र नं। २ को मतगणना अझै सुरु भएको छैन ।

बाजुरामा मतदानको दिन भएको विवादका कारण मतदान समेत अन्योल नै छ । हुम्ला लगायतका कतिपय दुर्गम स्थानमा भने मतपेटिका ढुवानीमा ढिलाई हुँदा बुधबार मात्र मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले १४ गतेभित्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको अन्तिम मतपरिणाम निकाल्ने लक्ष्य लिएको छ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको मतगणना र अन्तिम मतपरिणाम आउने क्रम जारी नै छ । तर, प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक गरिएको हुँदा मतपरिणाम आउन ढिलाई भएको धेरैको बुझाई छ । निर्वाचन आयोगले भने प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक गर्दा केही ढिलो भएपनि समानुपातिकको मतपरिणाम पनि एकैपटक निकाल्न सजिलो भएको प्रतिकृया दिएको छ ।

मंसिर १५ गतेसम्म समानुपातिक प्रणालीतर्फ कुन दललाई कति सिट प्राप्त भयो भनेर पत्राचार गने आयोगको भनाई छ । त्यसपछि दलले नाम सच्याएर आयोगमा आइपुग्दा र समानुपातिकको सम्पूर्ण काम मङ्सिर २२ गते सक्ने निर्वाचन आयोगको योजना छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार