Thursday March 28, 2024 | |

‘मिटरब्याजी’ रामदेव साहकी छोरी पक्राउ

featured-news

काठमाडौँ – सर्वसाधरणलाई ‘मिटरब्याज’ मा रकम दिई घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) ले आज (सोमबार) पक्राउ गरेको हो ।

सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधाकुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए । साविकको खरहनी गाविस-५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यस लगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो । केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासोपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार