Friday April 19, 2024 | |

अझै एक साता लकडाउन बढाउन विज्ञहरुको सुझाव

featured-news

कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एकसाता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् ।

 

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले यो समयमा नेपाल छिरेकाहरुको नमुना परीक्षण रिपोर्टको अध्ययन नगरी लकडाउन खोल्दा जोखिम बढ्नेमा विज्ञहरु एकमत देखिएका छन् ।

क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनपछि मात्र लकडाउन खुलाउन उपयुक्त हुनसक्नेबारे सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार