Friday April 26, 2024 | |

मुलकमा अराजकता नरोकिए आन्दोलनमा उत्रने तरुणदको चेतावनी

featured-news

काठमाडौं । नेपाल तरुण दलले, बर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, मुल्यबृद्धी, जस्ता अराजकता जारी राखेको भन्दै यस्ता गतिविधी नरोके देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

47347323_203548507192997_3383389615892201472_n
नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले सोमबार देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै सरकार विरुद्ध आन्दोलनको चेतावनी दिएको हो । यही क्रममा नेपाल तरुण दल जिल्ला समिति सिन्धुपाल्चोकले पनि आन्दोलनको चेतावनी दिंदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापन–पत्र बुझाएको छ ।

47576667_309065779946185_7618520694539681792_n
ज्ञापन पत्र बुझाउने क्रममा तरुणदल जिल्ला अध्यक्ष दोर्जे लामाले अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा बाधा पुग्ने गरी १८ करोडको गाडी खरिद गरेकोमा विरोध जनाएका थिए । लामाले भने – देशमा भ्रष्टाचार, अनियमितता लगाएत अराजकतका फैलीएको छ, दुईतिहायी बुहमत छ भन्दैमा मनलागी गर्ने छुट कसैलाई छैन, यसरी मनलागि मच्चाउने हो भने तरुणलद सशक्त आन्दोलनमा उत्रन्छ ।

47573153_273259960044112_5066022317721649152_n

ज्ञापन पत्र बुझाउँदै गर्दा अहिलेको सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै तरुणदलले ब्यापक विरोध जनाएको थियो ।

47442497_272674230112803_2884281121510522880_n

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार