Wednesday April 24, 2024 | |

संसदको आजको बैठक पनि अवरुद्ध

featured-news

१३ पौष, काठमाडौँ । नेकपा (एमाले)लगायतका प्रतिपक्ष दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रभावित रह्यो । सरकारले गत मङ्सिर १४ गते नेपालको संविधान संशोधनको लागि व्यवस्थापिका–संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् । सभामुख ओनसरी घर्तीले अपराह्न ३ बजेका लागि निर्धारित आजको बैठक प्रारम्भ भएको घोषणा गर्ने साथ प्रमुख प्रतिपक्षसहितका दलका सांसद आआफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभएको थियो ।

त्यसको लगत्तै सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय प्रदान गर्नुभयो । बैठकमा सरकारले भाषा, नागरिकतालगायतका विषयमा संशोधनको प्रस्ताव अघि सारे पनि त्यसको औचित्य पुष्टि हुन सकेको छैन भन्नुभयो । यो संशोधनको प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको हुँदा यसलाई फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो । सांसद ढकालले यो प्रस्ताव नेपालीका लागि ल्याएको हो कि विदेशीको हितका लागि ल्याएको हो भनी प्रश्न गर्दै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन सुझाव दिनुभयो ।

संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी नै राख्ने छौँ– सांसद ढकालले भन्नुभयो । त्यसको लगत्तै राजनीतिक दलको सहमति र सहकार्यमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गराउँदै सभामुख घर्तीले सदनको कार्यसूचीलाई अघि बढाउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार