Thursday March 28, 2024 | |

मोटी महिला रोजेका पुरुष धेरै खुशी

featured-news

नेसनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार प्लस साइज महिलाहरुको जीवनसाथी दुब्ली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् ।

मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब गर्दैनन् । र, ऊ आफु पनि तौल कम गर्ने कोसिस गर्दैनन् । दुवै सँगै खानेकुरा खान मन पराउँछन् । महिला होस् वा पूरुष । जब आफ्नो जीवनसाथीको बारेमा सोच्छन् । आफ्नो लागि ‘पर्फेक्ट म्याच’ नै खोज्छन् । यसको लागि धेरै महत्वपुर्ण कुरा ‘लुक्स’ पनि हो ।

पुरुषहरुको कुरा गर्ने हो भने उनीहरुको रोजाइमा अग्लो र दुब्लो केटी नै पर्छन् । तर हालै गरिएको सोध अनुसार मोटी महिलाहरुसँग बिबाह गरेका वा पे्रम सम्बन्धमा रहेका पूरुष धेरै खुशी रहन्छन् ।

भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्काे पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ ।

मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । सेन्स अफ ह्युमर पनि राम्रो हुन्छ । यस्तो महिलाहरुको अगाडि खुलेर बोल्नु, आफुलाई व्यक्त गर्नु धेरै सजिलो हुन्छ ।

मोटी महिलाहरु स–सानो कुरामा पनि खुशी हुन्छन् । उनीहरुलाई खुशी हुन कुनै ठूलो बाहाना चाहिदैन् । यस्तो जोडी साथ मिलेर हाँस्छन् । उनीहरुको जिन्दगी धेरै राम्रो हुन्छ र उनीहरुको सम्बन्ध पनि टिकाउ हुन्छ । एजेन्सी –

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार