Friday March 29, 2024 | |

चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानी बन्दरगाहबाट अर्बौको लागूऔषध बरामद

featured-news

श्रीलंका। श्रीलंकाका अधिकारीहरुले चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहबाट तस्करी गरिएको साढे २ अर्ब बराबरको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ।

मारविला थाडोवावा क्षेत्रबाट पक्राउ व्यक्तिहरुबाट १ सय किलो हिरोइन र १ सय किलो क्रिस्टल मेथम्फेटमीन बराबद गरिएको श्रीलंकाली अधिकारीले जनाएका छन्। तस्करीमा संलग्नमाथी अनुसन्धान भइरहेको र लागू औषध तस्करीमा पाकिस्तानी गुप्तचरसंस्था आईएसआई र चिनिँया खुफीया एजेन्सीहरुको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तान र चिनिया खुफिया एजेन्सीहरुको सहायता बेगर चिनिया नियन्त्रणमा रहेको पाकिस्तानी ग्वादर बन्दरगाहबाट यति ठूलो परिणामको लागूऔष तस्करी असम्भब रहेको श्रीलंकन अधिकारीको आशंका छ । बरामद भएका लागुऔषध दुबइमा लुकेर बसेका लागुऔषध तस्कर जुदेले पठाएको आशंकामा थपअनुसन्धान अगाडी बढाइएको छ ।
श्रोतः जी न्युज

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार