Friday March 29, 2024 | |

मन्त्री हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

featured-news

काठमाडौं- सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । ६ जना मन्त्री फेरिने मोटामोटी कुराकानी भए पनि कुन कुन मन्त्री हटाउने भन्ने चाँही टु‌गो लागेको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार