Thursday April 25, 2024 | |

थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह

२० बैशाख, बैंकक– थाई नरेश महावाजिरलङ्कोर्णले अकास्मात आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् ।

थाई दरबारले जारी गरेको विज्ञप्ति अनुसार नरेश महा वाजिरलङ्कोर्णले आफ्नो व्यक्तिगत सुरक्षा दस्ताकी उपप्रमुखसँग विवाह गरी रानीको पद दिएको जनाएको छ ।

‘जनरल सुथिदा वाजिरलङ्कोर्ण ना आयुद्यालाई आफ्नी पत्नी बनाउने र रानीको पदमा बढुवा गर्ने निर्णय गरिबक्सेको छ । आइन्दा सुथिदा राजकीय पद र राजपरिवारकी सदस्यका रुपमा रहीबक्सनेछ ।’ दरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

लामो समयदेखि सुथिदा र महा वाजिरलङ्कोर्ण सार्वजनिक समारोहमा सँगै देखिने गरेका थिए भने उनीहरुबीच गहिरो सम्बन्ध रहेको आँकलन हुने गरिएपनि यो विषय औपचारिक रुपमा बाहिर आएको थिएन ।

थाई एअरवेजमा एअरहोष्टेज रहेकी सुदिथालाई महावाजिरलङ्कोर्णले सन् २०१४ मा आफ्नो अंगरक्षक एकाइका उपप्रमुख बनाएका थिए भने सन् २०१६ मा थाई सेनाको जनरलमा बढुवा गरेका थिए ।

६६ वर्षे थाई नरेशले ४० वर्षे सुदिथासँग विवाह गर्नुअघि तीनपटक विवाह गरी सम्बन्ध विच्छेद गरिसकेका छन् ।

सन् २०१६ मा तत्कालिन नरेश भूमिबोल अदुल्यदेजको निधन भएसँगै महावाजिरलङ्कोर्ण थाइल्याण्डको राजा बनेका थिए । उनको औपचारिक गद्दिआरोहण भने शनिबारबाट शुरु हुने कार्यक्रम छ ।

आफ्नो औपचारिक गद्दिआरोहण अघि थाई नरेशले विवाह गरेका हुन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार