काठमाडौंको चण्डोल घर भई हाल अमेरिका बसोबास गर्दै आएकी कुमारी लामाले बुढानिलकण्ठको साढे १२ रोपनी जग्गा भनेर झुक्याई ९ रोपनी मात्र पास गरेर पैसा लिइन । केहि समय पछि उनकै छोरा दावानोर्वु लामाले अंशीयार दाबी गर्दै मुद्दा हाले । अहिले जग्गा लिने व्यक्तिको पैसा त डुब्यो नै उल्टै धम्की समेत बेहोर्नु परिरहेको छ । सुरुमा कुमारी लामाले छोराकै सहमतिमा जग्गा बेचेकी हुन् । उनिहरुका आमा छोरा अहिले पनि सँगै बस्छन् ।
बुढानिलकण्ठको त्यो जग्गा कुमारी लामाले आफैं किनेर आफैंले बेचेकी हुन् । यसअर्थमा हेर्दा त्यो जग्गामा छोरामो हक लाग्दैन । लामाले १२ रोपनी जग्गा मात्र होइन ५० करोड बरबरको अन्य जग्गा पनि बेचिकी छन् । तर, उनका छोरा दावानोर्वुले अरु जग्गामा मुद्दा हालेनन् । त्यही जग्गालाई मात्र मुद्दा हाल्नु ठुलो जालसाझी भएको जानकारहरु बताउँछन् । उनिहरुले पोस्तोलका नाममा धम्काउने, थर्काउने, बाटा, घाटो, गौंडा कुरेर आतंक मच्चाउने लगाएत सुनियोजित ढंगबाट गैरकानुनी काम गर्ने गरेका छन् । अमेरिकामा बसेर राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत जालसाझी गर्ने कुमारी लामा बिरुद्ध अधिकारकर्मीहरु अमेरिकन दुताबासमा समेत कारावाहीको लागि आग्रह गर्न जाने तयारीमा छन् ।
कुमारी लामाले सोझा व्यक्तिलाई फसाउने कु–कृत्य गरेको यो घटना त एउटा प्रतिनिधिमुलक उदाहारण मात्र हो । अहिले समाजमा यस्ता घटना भुसको आगो शैलीमा फैलिरहेका छन् । जानकारहरुका अनुसार यस्ता घटनामा मुख्य गरी तिब्तीयन मुलका नेपाली, तामाङ, शेर्पा, गुरुङ, मगर लगाएत समुहका मानिहरु सक्रिय रहेका छन् । जग्गामा बढेको जालसाझी, किर्ते, ठगी जस्ता घटनाले मुलुकमा अपराध समेत बढाएको छ । यस्ता कार्यमा संलग्नहरु गुण्डागर्दी गर्ने, अबैध हतियार लिएर हिड्ने मात्र होइन हतियार कै आडमा समाजमा आतंक फैलाउने काम समेत गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । यो गिरोहलाई आफूलाई डन बताउने सुनिल लामा भानिने व्यक्तिले नेतृत्व गरिरहेका छन् । उनि आपराधिक गतिविधिका कारण पुलिसको प्रत्यक्ष निगरानीमा समेत रहेकको बुझिएको छ । यिनीहरुको गैरकानुनी हर्कतले सर्वसाधारणमा चरम त्रास सृजना गर्ने काम गरेको छ । यस्ता गिरोहलाई चाँडो भन्दा चाँडा कानुनी दायरामा ल्याउनु अहिलेको आवश्यक्ता हो । हुन त अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले छुट्टै पीलर नै खडा गरेर यस्ता काम गर्ने विरुद्ध अनुन्धान थालेको छ । यता उनि अमेरिकामा भएकाले त्यहाँको होमल्याण्ड सेक्युरिटीमा पनि उजुरी गर्ने तयारी भइरहेको बुझिएको छ । आशा गरौं आपराधिक गतिविधी गरेर समाजमा वितण्डा मच्चाउने यस्ता गिरोह चाँडो भन्दा चाँडो कानुनी कठघरामा पुग्ने छन् ।
कानुन र न्यायको दुरुपयोग गर्दै मुद्दा गर्ने प्रबृत्ति बढ्दो
राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी लगाएत उपलब्ध गराउनुपर्ने सामाजिक सुरक्षाको प्रबन्ध गर्न नसकेकाले पैत्रीक एंव पुर्खाको नाममा भएको सम्पत्तिमा छोराछोरीको हक लाग्ने व्यवस्था गरेको छ । यही हककै कारण घरवारविहीन हुन रोकिने परिवारको सम्पत्ति अनुसार खेती योग्य जमिन हकवालाले प्राप्त गर्दा जिविकोपार्जन गर्न सक्ने हुन्छ । यसलाई समेत पैत्रीक सम्पत्तिको हकको माध्यमद्वारा सामाजिक सुरक्षाको प्रबन्ध गरिएको रुपमा लिने गरिएको छ ।
यस्तो छ कानुनी व्यवस्था
मुलुकी ऐन अपुताली र अंशवण्डाको महलमा आमा/बाबुको सम्पत्तिमा छोराछोरीको हक लाग्ने उल्लेख गरिएको छ । आपुताली सम्पत्ति भनेको दर्ता भएको व्यक्तिको मृत्युपछि हकवालाले सम्पत्ति प्राप्त गर्ने प्राबधान हो । अनि अंशहक भनेको पुर्खा जिवित छँदै अंशियारको सम्पत्ति छुट्याउने ब्यवस्था हो । हाम्रो कानुनी प्रणलीले अंशलाई नैसर्गिक हक मानेकाले जन्म र विवाहको स्थापित नाताबाट अंश हक प्राप्त हुन्छ । अंश हकलाई सुरक्षित गर्नको लागि अंश लाग्ने सम्पत्ति अंशियारलाई हस्तान्तरण गर्दा अन्य अंशियारको मञ्जुरी लिनुपर्ने तथा साक्षी राख्नुपर्ने व्यवस्था गरिएको छ । तर घरको मुख्य व्यक्तिले घर व्यवहार चलाउन चलमा पुरै र अचलमा आधा सम्म सम्पत्ति विक्रि गर्न सक्ने मुलुकी ऐन अंशवण्डाको महलको १९ नं.मा व्यवस्था छ । त्यसैगरी मञ्जुरी लिनुपर्ने अंशियारको उमेर २१ बर्ष पुरा भएको हुनुपर्ने यसै कानुनमा व्यवस्था छ ।
कानुन कुल्चदै जालसाझी गर्ने प्रबृत्ति बढ्दो
कानुनमा स्पष्ट उल्लेख भएपनि अहिले कानुनको बर्खीलाप गर्दै अहिले झुठा मुद्दा गर्ने, जालसाझी गर्ने प्रबृत्ति बढेको छ । यसकारण समाजमा झै झगडा, त्रास, अपराध लगाएतका बातावरण सृजना भएको छ । अझ सहरी क्षेत्रमा त जग्गामा जालसाझी एकदमै बढेको छ । कानुन व्यवसायीहरुका अनुसार, अदालतमा दर्ता हुने देवानी मुद्दाको २० प्रतिशत मुद्दा त यस्तै मुद्दाहरु हुन्छन् । अहिले जग्गा खरिद विक्री गर्न संगठीत र असंगठीत रुपमा व्यवसाय गने प्रबृत्ती बढेको छ । आमा बुबाले व्यवसायको क्रममा खरिद गरी मुनाफा लिई विक्रि गरीसकेपछि नावालक छोराछोरीको उमेर पुगेपछि निजहरुले तथा निजहरुको तर्फबाट संरक्षक भई तथा मेरो मञ्जुरी नभएको, साक्षी नबसेको जस्ता आधार देखाई मुद्दा गर्ने प्रबृत्ति सामाजमा बढ्दै गएको छ । एकातिर घरजग्गा जसको नाममा छ उसको सम्पत्तिको पुरापुर मुल्य लिई विक्रि गर्ने अर्को तर्फ विक्रेताको हकवालाले सम्पत्ति फिर्ता पाउनुपर्ने मुद्दा गर्दा घर जग्गा विक्रिको रकम पनि पाउने सम्पत्ति पनि हकवालालले पाउने अन्याय पुर्ण अवस्था सृजना हुन सक्छ । यसले जिन्दगिभरीको कमाई खर्चिएर अचल सम्पत्ति खरीद गर्दे व्यक्तिलाई अन्याय हुन जान्छ ।
हुन त मुलुकी एने किर्ते कागजको १८ नं. मा थाहा पाएको मितिबाट उजुर गर्न सक्ने व्यवस्था र अदालतबाट दुषित लिखत बदर गर्न हदम्याद नलाग्ने गरी ब्याख्या भएको आधारमा दुषित नामाकरण गरी तथा जालसाझीको आधार लिई मुद्दा दायर हुने गरेको अदालत जानकारहरु बताउँछन् । सम्पत्तिको मुल्यबृद्धी र लोभलालचले गर्दा यसप्रकारका मुद्दा पर्ने गरेको देखिन्छ । अर्को तर्फ यस्ता मुद्दा हारेको अवस्थामा उचित दण्डको व्यस्था नभएका कारण मुद्दा गर्ने प्रबृत्तिले थप प्रोत्साहन पाइरहेको छ । आफ्नो सम्पत्ति इच्छाइएको मुल्य लिई विक्रि गर्ने कार्यले अचल सम्पत्तिलाई चलमा परिणत गरिएको हो । सम्पत्तिको स्वरुप परिवर्तनले अंशियार वा हकवालाको हकमा असर पर्ने हुँदैन । हाल राज्यले १० लाख भन्दा बढीको कारोबारमा बैकिङ प्रणालीबाट भुक्तान गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसले खरिदकर्ताले मुल्य भुक्तानी गरेको प्रमाणित हुन्छ । सोको अतिरिक्त लिखित आफैले मुल्य भुक्तानी प्रमाणित गर्दछ । सम्पत्तिको बजार मुल्य खरीद गर्ने व्यक्ति सदैव खतरामा रहने गरी मुद्दा गर्ने बातावरण अन्त गरी समाजमा हुने कारोवारमा सुनिश्चितता वातावरण तयार गर्न जरुरी भएको छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया