Tuesday December 10, 2019 | |

नेकपाको गुटगत विवाद उत्कर्षमा

featured-news

नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।  केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ । 

प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्व माओवादी समूहका नेताहरुबीच टकराव देखिएको छ । प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिव लगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुलिएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार