Wednesday April 24, 2024 | |

त्रिशूली बस दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे

featured-news

धादिङ - बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १४ पुगेकाे छ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।

बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् ।

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार