Thursday April 25, 2024 | |

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद

featured-news

काठमाडौँ – लामो समयदेखिको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका हुन् ।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो । म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें ।’

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किएका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार