Friday March 29, 2024 | |

‘सानो मन’ को गीतमा आयुष्मान र शिल्पाको रोमान्स

featured-news

काठमाडौं – आउँदो असार २० गतेदेखि प्रदर्शन हुने  फिल्म ‘सानो मन’ को गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा सीमा राई र सुयोग गुरुङको स्वर सुन्न सकिन्छ । गीतलाई रोमन र रवि मल्लले लेखेका हुन् ।

गीतको भिडियोमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केले अभिनय गरेका छन् । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । गुरुङको यो फिल्म डेब्यु निर्देशकीय फिल्म पनि हो । गीतको भिडियोमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

समीर सुनुवार र निर्देशक गुरुङले लेखेको फिल्मलाई राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तलले निर्माण गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण गरिएको हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार