Friday April 19, 2024 | |

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

featured-news

पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । 

मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए । 

स्रेस्तेदार पौडेलका अनुसार मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार