Wednesday April 24, 2024 | |

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

featured-news

कोशोबे– नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् ।

नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन् ।

मोटरसाइकलमा आए आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए । घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए ।

त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार