Friday April 26, 2024 | |

रुसमा ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको फेला

featured-news

एजेन्सी– रुसको उत्तरी ध्रुवीय क्षेत्रमा झण्डै ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले दाबी गरेका छन् । रौँले ढाकिएको अवस्थामा टिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको हो । वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् ।

आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ । “यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुटिया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले जनाए ।

मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार