Tuesday April 23, 2024 | |

मोदीको पुटिनलाई सन्देश सहि थियो: फ्रान्सका राष्ट्रपति म्याक्रोनी 

featured-news


न्यूयोर्कः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति पुटिनलाई यो युद्धको समय होइन भनेर दिएको सन्देशलाई फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले न्यूयोर्क शहरमा जारी संयुक्त राष्ट्र महासभाको ७७औं सत्रमा आफ्नो सम्वोधनका क्रमममा खुलेर प्रशंसा गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो समय युद्धको होइन भनेका थिए। यो पश्चिमसँग बदला लिने वा पूर्वसँग पश्चिमको विरोध गर्ने समय होइन। यो हाम्रो सार्वभौमका लागि सामूहिक समय हो जहाँ सबै देशहरु एकजुट भएर सामना गर्ने चाहना राख्न जरुरी भएको राष्ट्रपति इमानुएल म्याक्रोनले बताए ।

उज्वेकिस्तानको समरकन्दमा आयोजना हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वमा भारतको अडानबारे आफूलाई थाहा भएको र हामी यो सबै जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहन्छौं भनिसकेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार