Tuesday April 23, 2024 | |

लम्फूको प्रचारमा तरकारीवाली

featured-news

चितवन । चलचित्र लम्फुको रिलिज डेट नजिकिएसगै निर्माण यूनिटले प्रचार प्रसारमा तिब्र पारेको छ । हेटौडामा प्रचारात्मक कार्यक्रम सकेर आएको निर्माण युनिटले बुधवार चितवनमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा कक्षा १२ को परीक्षा दिएर पत्रकारसम्मलेनमा सहभागि भएकी कलाकार कुशुस श्रेष्ठ(तरकारीवाली)ले थोरै रोल भएपनि सुहाउने भूमिकामा अभिनय गरेको भन्दै आएको पारिश्रमिक बालबालिकालाई सहयोग गर्ने बताईन् । उक्त चलचित्र यही यही वैशाख २८ बाट प्रदर्शनमा आउदै छ ।

पत्रकार सम्मेलनमा उनका काका गोपीलाल श्रेष्ठले पठ्न नपाएका बालबालिकाका लागि सहयोग गरेर सामाजिक दायित्व निर्वाह गर्न छोरीले चलचित्रमा अभिनय गरेको भन्दै खुसी व्यक्ति गरे । चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र लम्फु नेपाली माटो सुहाउदो सामाजिक परिभेषको चलचित्र भएको दावी गर्दै भने, नाम लम्फु भएपनि चलचित्र सम्फु छ ।

चार वर्ष अघि केही दृष्य छायाँकन भएर रोकिएको चलचित्रमा पुराना केही सिन भएपनि पटकथा भने फरक रहेको निर्माण युनिटले जनाएको छ। चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनीले करिव १ करोडमा चलचित्र निर्माण गरेको बताए । चलचित्रमा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको पनि अभिनय छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार