Friday April 26, 2024 | |

ज्यान मार्ने उद्योगमा पक्राउ परेका पासाङनोर्बूलाई छुटाउन नेताको दबाब

featured-news

काठमाडौं । ज्यान पार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका पासाङनोर्बू तामाङलाई छुटाउन सिन्धुपाल्चोकका एक चल्ताफूर्ता नेताले दबाब दिएको खुलासा भएको छ । आफ्नै साथिलाई धारीलो हतियार प्रहार गरी फरार रहेका सिन्धुपाल्चोकका तामाङलाई गत सोमवार प्रहरीले पक्राउ गरेसँगै सिन्धुपाल्चोककै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले छुटाउन दबाब दिएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार, बस्नेत महानगरीय प्रहरी बृत्त बौद्धमा पुगेर तामाङलाई भेट्ने बहानामा छुटाउन दबाब दिएका हुन् । यद्यपी बृत्त प्रमुख डिएसपी नरेन्द्र चन्दले भने अभियुक्त छुटाउन कसैको पनि दबाब नआएको बताए । तामाङ २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरि फरार भएका थिए । सिन्धुपाल्चोक भोटेकोशी गाउँ पालिका ५ का तामाङ बिरुद्ध बौद्धमा उजुरी परेको थियो ।
फरार अवस्थामा रहेका तामाङका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ, दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका तामाङको टोलीले गोरुको मासु, वाँदरको गिदी, गैडाको खाग, हात्तीको दारा, कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । हाल उनीहरुले काठमाडौंको नख्खुमा चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर उनीहरुले अबैध काम गरिरहेको उनीहरुका निकटहरु बताउछन् । यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार