Saturday April 20, 2024 | |

राजधानीमा नेपाली नक्कली नोटको धन्दा फस्टाउँदो

featured-news

काठमाडौं– बेला बेला भारतीय नक्कली नोटको चर्चा चलिरहने राजधानी काठमाडौंमा नेपाली नक्कली नोटको धन्दासमेत बढ्न थालेको छ । पछिल्लो समय प्रहरीले बरामद गरेको नक्कली नेपाली नोट र नोट छपाइ उपकरणले पनि राजधानीमा नक्कली नोटको कारोबार बढेको पुष्टि हुन्छ ।

शुक्रबारमात्र काठमाडौंको शान्तिनगरबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक व्यक्ति प्रहरीको फन्दामा परे । पक्राउ पर्नेमा स्याङजाको चापाकोट घर भई काठमाडौंको शान्तिनगर स्टेशनरी पसल सञ्चालन गर्दै आएका नारायण पौडेल रहेका छन् ।

हानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट समेत बरामद् गरेको छ । अहिले यो विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।

परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली यो विषयमा अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्ने बताउँछन् । एसएसपी ज्ञवाली भन्छन्, ‘अहिले उनी नक्कली नोटसहित पक्राउ परेका छन्, यसअघि पनि उनले कति नक्कली नोट छापे ? कसरी कारबार गर्थे थप अनुसन्धान भइरहेको छ ।’

शुक्रबार देखिएको यो घटना त एउटा प्रतिनिधिमूलक उदाहारण मात्र हो । पछिल्लो दुई वर्षको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र पटक–पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद गरिसकेको छ ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोला

https://www.khabarhub.com/2020/02/188177/

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार