Thursday April 25, 2024 | |

रक्सी तस्करले प्रहरीको हतियार लुट्यो

featured-news

१८ वैशाख,। तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् । उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ ।

घटना बुधबार बिहान २ बजेतिरकै हो । घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भारततर्फ रक्सी तस्करी गर्न खोज्नेहरुसँग नेपाल प्रहरीको झडप भएको बताए । ‘प्रहरीसँग तस्करको झड्प भएको सुनेको छु’ कार्कीले भने, ‘हतियार लुटेको थाहा छैन ।’ घटनास्थलमा अर्का डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिएको बताए ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार