Thursday April 25, 2024 | |

बलात्कारको प्रयास पछि १३ बर्षीया किशोरी द्वारा हजुरबुबाको हत्या

featured-news

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–७ रजरगाँउमा १३ वर्षीया नाबालिकाले आफूलाई बलात्कार गर्न खोज्ने एकजना ६५ वर्षीय वृद्धको ज्यान लिएकी छन् । विहीबार विहान ८ बजेतिर आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै १३ वर्षीया किशोरीले रड प्रहार गरेर ६५ वर्षीय पुर्णबहादुर श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत किशोरीले जंगलमा घाँस काट्न जाने बेलामा आफुलाई जबरजस्ती गर्न खोज्दा भागेर जोगिएको बताएकी छन् । उनले आफुलाई बलात्कार गर्न खोज्ने वृद्धलाई घरबाट फलामको रड ल्याएर टाउकोमा प्रहार गर्दा घटनास्थलमै ढलेको पनि प्रहरी समक्ष स्वीकार गगरेकी छन् ।

नातामा आफ्नै हजुरबुबा पर्नेलाई आफुले रड प्रहार गरेर आएको भन्दै नाबालिकाले विहान १० बजेतिर रामेछाप प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार