Saturday April 27, 2024 | |

दोलखामा जिप दुर्घटना, चालकको मृत्यु

featured-news

दोलखा– दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

गाडी सडकबाट करीब १५० मिटर तल खसेको थियो । घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार