सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर फियाकको घरमा छिरे । हातमा खुकुरी बोकेका उनले प्रतिवाद गर्ने मौकै नदिई चार जनाको हत्या गरे । लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगे । त्यहाँ रहेका पाँच जना कसैलाई पनि बाँकी राखेनन् । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेका ज्वाइँ-ससुराको दुई परिवारमा सोमबार राति ९ जनाको ज्यान गयो ।
७४ वर्षीय बमबहादुरसँगै उनकी पत्नी ७१ वर्षीया फर्सिमाया, छोरी ३१ वर्षीया मनकुमारी र १३ वर्षीया नातिनी श्रेयाको हत्या भएको हो । बमबहादुरकै ज्वाइँ ४१ वर्षीय धनराज सेर्मा, उनकी ३६ वर्षीया श्रीमती जस्मिता, छोरीहरू १३ वर्षीया युवाना तथा ६ वर्षीया मुना र छोरा ८ वर्षीय इच्छा पनि जोगिएनन् । सबैको खुकुरी प्रहारबाट हत्या भयो । अधिकांशको शव क्षतिविक्षत पाइएको छ । टाउको, पाखुरा र शरीरका अधिकांश भागमा खुकुरी प्रहार गरिएको छ । घटनापछि गाउँ त्रास र शोकमा छ । महिला र बालबालिका आतंकित बनेका छन् ।
बमबहादुरकी १२ वर्षीया नातिनी सीता खजुमले भने भागेर ज्यान बचाएकी छन् । बमबहादुरकै घरमा रहेकी सीता अभिभावकमाथि खुकुरी प्रहार हुन थालेपछि भागेकी थिइन् । मुख छोपेर आएका एक व्यक्तिले सबैलाई खुकुरी हान्न थालेपछि भाग्दै गर्दा आफूलाई पनि लखेटेको र भाग्ने क्रममा लडेपछि बोजु पर्नेको घरभित्र लुकेको सीताले बताएको घटनाको अनुसन्धानमा खटेका प्रहरी निरीक्षक तेजनारायण यादवले बताए । सीतालाई हतियार प्रहार गरिएको छैन । भाग्ने क्रममा लडेर हातमा चोट लागेको छ । उनी अर्धचेत रहेकाले उपचारका लागि दमक लगिएको थियो ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया