Thursday April 25, 2024 | |

निर्मला पन्त हत्याबारेको छानबिन प्रतिवेदनमा के छ ?

featured-news

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको प्रतिवेदन तयार भएको छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन आइतबार बुझाउने तयारी भएको थियो तर, गृहमन्त्री रामबहादुर थापाको कार्यव्यस्थताका कारण साेमबार प्रतिवेदन बुझाउने तयारी भएको छ । छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला पन्तको हत्या प्रकरणको छानविन प्रतिवेदन तयार भएको बताउनुभएको छ । प्रतिवेदनमा अनुसन्धानमा देखिएको कमी कमजोरीबारे उल्लेख गरिएको उहाँको भनाइ छ ।

प्रतिवेदनमा के उल्लेख गरिएको छ भन्नेबारेमा उहाँले थप खुलाउनु भएन । प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समिति सदस्यको दाबी रहेको छ ।

साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार