Thursday March 28, 2024 | |

हट डाक्टर : जसले फेसबुकमा ६ फोटो पोष्ट गर्दा लाइसेन्सनै चट !

featured-news

एजेन्सी । म्यान्मारमा एक सुन्दरी महिला डाक्टरले आफ्नो फेसबुकमा हट फोटो पोष्ट गर्दा वर्षौं लगाएर लिएको डाक्टरको लाईसेन्स रद्द भएको छ । उनले फेसबुकमा फोटो पोष्ट गरेकै कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको हो ।

मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला डाक्टरले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए । २९ वर्षीया महिला डाक्टर नाङमी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको बताएको छ ।
गत जनवरी महिनामै काउन्सिलले उनलाई चेतावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार