Wednesday April 24, 2024 | |

धोनीलाई क्रिकेटबाट सन्यास लिन दबाब !

featured-news

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ । 

उनलाई अहिले क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड पनि धेरै छ । तर केही समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् । 

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गर्नुपर्ने सबै उपलब्धि हासिल गरेकाले उनले आफैँ सन्यास लिन दिनु पर्ने उनीहरुको तर्क रहेको हो ।

टाइम्स अफ इण्डियाका अनुसार इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई अब टिमबाट बाहिर राख्नु पर्ने संकेत गरेका थिए ।

एमएसके प्रसादका अनुसार धोनीको खेलबाट आफूहरु आश्चर्यमा परेको भन्दै धोनीको प्रदर्शन इतिहासमै कमजोर रहेको छ । धोनीबाट अब आक्रामक ब्याटिङ आशा गर्न नसकिने भएकाले अब युवा खेलाडीहरुलाई मौका दिनु पर्ने बेला आएको उनको भनाइ थियो ।

भारतले अब वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । यो सिरिजका लागि शुक्रबार हुने टिम छनोटमा धोनी पर्ने सम्भावना एकदमै न्यून रहेको बीसीसीआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार