Thursday April 25, 2024 | |

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन्ः प्रचण्ड

featured-news

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने(समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने/समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेका​ बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।’

त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।

यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ । यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए । काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार