Friday April 26, 2024 | |

उत्तर कोरियाका शासक किम २० दिनपछि सार्वजनिक

featured-news

काठमाडौं – अनेकौं अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् ।

उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।

किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो ।

यसअघि १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि गम्भीर विरामी परेर शल्यक्रिया गरिएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार