Saturday April 20, 2024 | |

पाकिस्तानमा चिनियाँ परियोजनाका कामदारहरु विभिन्न आक्रमण र दुर्घटनाका शिकार

featured-news

लाहोर । पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध चिनियाँ कामदारहरु विभिन्न आक्रमण र दुर्घटनामा पर्ने गरेका छन् ।

पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध कामदार तथा ईन्जिनियरहरु विभिन्न दुर्घटनाको शिकार बन्दै आएका छन् । सन् २००४ मे ३ मा ग्वाद्दर मा भएको कार बम बिष्फोटमा तीन चिनियाँ ईन्जिनियरहरुको ज्यान गएको थियो । सन् २००२ मा एघार फ्रान्सेली कामदारहरुको ज्यान जाने गरि भएको कराँची आक्रमणपछि विदेशी कामदारहरुको ज्यान गएको यो अर्को ठुलो दुर्घटना हो ।

ग्वाद्दर बन्दरगाह निर्माण कार्यमा त्यो समयमा चार सय भन्दा बढी चिनियाँ ईन्जिनियर तथा कामदारहरु कार्यरत थिए । पछिल्लो समयमा पाकिस्तानको उत्तरी क्षेत्रस्थित कोहिस्तानमा भएको बस दुर्घटनामा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएको छ । कोहिस्तानस्थित जलबिधुत परियोजनामा कार्यरत चिनियाँ तथा पाकिस्तानी कामदार बोकेको बस दुर्घटनामा परेको हो ।

उक्त जलबिधुत परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना को हिस्सा रहेको बताईएको छ । पाकिस्तानमा चिनिँया परियोजनामा सँग सम्बन्धित चिनियाँ कामदारहरु लक्षित आक्रमणहरु योजनाबद्ध हुने गरेको कतिपय मानिसले आशंका गर्ने गरेको पाईन्छ । स्रोत द न्युज

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार