Saturday April 20, 2024 | |

‘सबै तथ्याङ्क आएपछि मात्रै आवास’

featured-news

सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ । 

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उहांले जानकारी दिए । 

बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार