Thursday April 25, 2024 | |

२५४ जना कोरो संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

featured-news

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १९९ कोरोना संक्रमितको आईसीयूमा र ५५ को भेन्टिलेटरमा गरी कुल २५४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १२० जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार