Friday April 19, 2024 | |

विश्वकप फुटबलमा अमेरिकाको रेकर्ड : एउटै खेलमा १३ गोल

featured-news

अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ । एसियाली टिम थाइल्याण्डलाई १३–० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाएको हो ।

पुरुष होस वा महिला विश्वकप, अहिलेसम्म कुनै पनि टिमले १३ गोल हान्न सकेका थिएन । अमेरिकालाई यो सफलता दिलाउनका लागि एलेक्स मोर्गानले पाँच गोल गरिन् । महिला फुटबल विश्व वरियताको शीर्ष स्थानमा रहेको अमेरिकाले दोस्रो हाफमा १० गोल गरेका थिए ।

समूह एफमा स्वीडेनले पनि पहिलो खेलमा जित निकालेको छ । यो जितले अमेरिकालाई गोल अन्तरमा ठूलो सहयोग पुगेको छ । स्वीडेनले चिलिलाई हराएको थियो । पहिलो हाफ गोलरहित बनेको खेलको अन्तिम १० मिनेटमा स्वीडेनले दुई गोल गरेको थियो । उसका लागि कोसोभारे अस्लानी र म्याडिलिन जानोगीले एक एक गोल गरे ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार