Friday April 19, 2024 | |

फण्डेबाज मात्र बन्यो ट्राफिक प्रहरी, यस्ता छन् नयाँ नयाँ फण्डा

featured-news

पिक एण्ड ड्रप अभियान अर्थात केहि दिन अघि मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको सडकमा सुरु गरेको नयाँ फण्डा । जसका कारण यात्रुहरुले सुविधा भन्दा सास्ती बढी पाएका छन् । ट्राफिक प्रहरीले जाम कम गराउने भन्दै टुँडिखेल आसपासका ११ स्थानबाट सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने, पिक एण्ड ड्रप अभियान सुरु गरेको हो । तर, सुरु भए लगत्तै यो अभियान अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै चौतर्फी विरोध हुन थाल्यो ।
यता एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान सुरु गरिएको सरोकारवालाहरु बताउ“छन् । यसैलाई महानगरीय ट्राफिक महाशाखा दिर्घकालीन् समाधानको उपाय मानिरहेको छ । सुरुवाती केही कठिनाई भएपनि व्यवस्थित सडक र सहज सवारी आवागमनका लागि यो अभियान प्रभावकारी हुने महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाको दावी छ ।
टु“डिखेललाई केन्द्र बनाएर कार्यान्वयनमा ल्याएको पिक एण्ड ड्रप नियमले यस क्षेत्रको सवारी जामको समस्या हट्दै गएको ट्राफिक प्रहरीको दाबी छ । तर, यो अभियानबाट यात्रुहरु भने आक्रोशीत छन् । यो त भयो ट्रफिक प्रहरीको पछिल्लो फन्डा । गत साउनमा पनि पैदल यात्रु लक्षित गर्दै ट्राफिक प्रहरीले नया“ फण्डा ल्याएको थियो । जस अन्तर्गत पैदल यात्रुले सडक पार गर्दा आकाशे पुल या त जेब्रा क्रसको प्रयोग अनिवार्य गर्नु पर्ने बनाइएको थियो । यदि पैदलयात्रुले नियम मिचेभने सडकमै कक्षा लिनुपर्ने व्यवस्था मिलाएको थियो ट्राफिक प्रहरीले । तर, केहि दिन बित्न नपाउदै यो फन्डा त्यतिकै सेलायो । त्यस अघि निकै चर्चा बटुलेको अर्को अभियान थियो सडकमा हर्न निषेध अभियान । केही महिना त्यो अभियान चलेपनि पछि त्यत्तिकै सेलायो ।
हर्न निशेष देखि सडकमै कक्षा अभियान पनि अलपत्र
करिब २ बर्ष अघि पनि जेब्रा क्रसिङबाट सडक नकाटेका यात्रुलाई ट्राफिक प्रहरीले अपराधीको जस्तो व्यवहार गर्दै कि त २ सय रुपैया“ जरिवाना तिनुपर्ने कि त ३ घन्टा कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो । यात्रुहरुलाई पूर्वजानकारी नै नदिई, पूर्वाधारको विकास विना नै सुरु गरिएको त्यो अभियानको चर्को विरोध भएपछि त्यो अभियान पनि त्यत्तिकै सेलायो । अहिले यात्रुहरु आकाशेपुल नै भएको स्थानमा समेत मनलागी रुपमा बाटो काटिरहेको दृश्य देखिन्छ । ट्राफिक प्रहरीको अर्को चर्चित मानिएको अभियान हो – लेन अनुशान नमान्ने चालकलाई कक्षा लिने । यो अभियान जायज भएपनि सडकमा हुनुपर्ने ट्राफिक बत्ती, लेन आदी छुट्टयाउने संकेतको अभावले थप समस्या दिएको छ । अर्कातिर यो अभियान सानालाई ऐन ठूलालाई चैनको उदाहारण बनेको छ । खुलेआम रुपमा सडक लेन मिच्ने मन्त्री तथा उच्च पदस्थ अधिकारी सवार सवारी साधनलाई कारवाही गर्न ल्याकत नराख्ने र सर्वसाधारणलाई हर्जना तिराइहाल्ने ट्राफिक प्रहरीको प्रबृत्ती बढेको छ । जनतालाई मात्रै सास्ती दिने आरोप खेप्दै आएको ट्राफिक प्रहरीले सवारी नियम सवैलाई बराबरी भन्ने नीति अंगिकार गर्न जरुरी छ । यतिमात्र होइन, ट्याक्सी ठगी नियन्त्रण अभियान, सार्वजनिक सवारीका चालकले छुट्टै ड्रेस लगाउनु पर्ने अभियान, मेडिकल किड्स बोक्ने, गोप्रो क्यामेरा बोक्ने जस्ता थुप्रै अभियान ल्यायो ट्राफिक प्रहरीले तर, जतिपनि अभियान सुरु भए ती अभियान विचमा त्यत्तिकै सेलाउने गरेका छन् । यता सडक पुर्बाधार क्षेत्रका जानकारहरु भने नया“÷नया“ योजना ल्याएर असफलताको दाग लगाउनुभन्दा त्यस्ता कार्यक्रम कार्यान्वयन गर्नुपूर्ब त्यसको प्रभाव आंकलन र मूल्यांकन गर्दै आवश्यक पूर्बाधार व्यवस्थापन गर्न सुझाव दिइरहेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार