Thursday April 18, 2024 | |

विश्व व्यापार संगठनबाट बाहिर निस्कने ट्रम्पको धम्की

featured-news

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकाप्रति दृष्टिकोण परिवर्तन नगरेमा अमेरिका यसबाट बाहिर आउने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले ब्लूमबर्ग न्युजलाई दिइएको एक अन्तर्वार्तामा भने, ‘उनीहरूले तौरतरिका परिवर्तन गरेनन् भने व्यापार संगठनबाट निस्कन्छौं ।’ विश्व व्यापार संगठनको स्थापना वैश्विक व्यापारको नियम बनाउन र सबै देशका बीच व्यापारिक विवाद सुल्झाउनका लागि भएको थियो । 

ट्रम्प शुरूदेखि नै अमेरिकाका लागि रक्षात्मक नीति अपनाइरहेका छन् र व्यापार संगठनले अमेरिकासँग अनुचित व्यवहार गरेको उनको भनाइ छ । उनको व्यापारिक नीति र खुला व्यापार व्यवस्थाबीचको विरोधाभास यो धम्कीबाट छताछुल्ल भएको छ । 

यसै बीच अमेरिकाले विश्व व्यापार संगठनको विवाद निवारण व्यवस्थाका लागि दुई नयाँ न्यायाधीशको नियुक्ति रोकिदिएको छ । यसले संगठनको फैसला सुनाउने क्षमता कमजोर बन्न सक्छ । अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले पनि अमेरिकाको सम्प्रभुतामा विश्व व्यापार संगठनले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

बीबीसीबाट

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार