Thursday April 25, 2024 | |

कोरोनाको रोकथामबारे एमालेद्वारा सरकारको ध्यानाकर्षण

featured-news

काठमाडौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएक‍ो छ ।

शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

ध्यानाकर्षण पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार