Thursday April 25, 2024 | |

निर्मला हत्या प्रकरण : निलम्बीत एसपी विष्टका काण्डै काण्ड, यौन दुर्व्यवहार देखि आर्थिक चलखेल सम्म

featured-news


काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण, जुन घटनाका सबैभन्दा विवादीत पात्र हुन् – एसपी डिल्लीराज विष्ट । अपराधी जोगाउन नक्कली अभियुक्त खडा गर्ने देखि प्रमाण नष्ट गर्ने सम्मका कर्तुतमा विष्ट मुछिएका छन् । अहिले चौतर्फी दबाब पछि प्रहरीले, नलम्बित एसपी विष्टको पनि डिएनए परीक्षण थालेको छ । 

आखिर को हुन् एसपी विष्ट ?

दार्चुलामा जन्मिएका विष्ट प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी निकट र उनी घुमेका ठाउँका स्थानीयले दिएको जानकारी अनुसार उनमा महिलाप्रतिको आशक्ति भने भनि साध्यै छैन । दार्चुलामा रहँदा पनि उनीमाथि यस्तै खालको हल्ला व्यापक थियो । डोटी सरुवा हुँदा पनि उनको गाईंगुईं खुब चल्थ्यो । यतिसम्म कि २०७४ चुनावमा लिइएको म्यादी प्रहरीको भर्नाका क्रममा उनले महिला उम्मेदवारलाई रातको समयमा डाकेर यस्ता खालका प्रश्न आउँछन् भनेर सिकाउने गर्थे । महिलाप्रतिकै आशक्तिका कारण अहिलेसम्म एसएसपी भइसक्नु पर्ने मान्छे एसपीभन्दा माथि जान नसकेको उनी निटकका प्रहरीहरुवीच टिका टिप्पणी हुनेगर्छ ।

प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे ।

यस्ता छन् एसपी विष्टका काण्ड 

– नैनराम सार्कीको घटना अनुसन्धानमा चलखेल 

गत असारमा  भीमदत्त नगरपालिका ११ भुजेलामा मृत अवस्थामा भेटिएका नैनराम सार्कीको घटनाका अनुसन्धानमा पनि विवाद देखिएको थियो । मृतकका आफन्तले एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटीले आर्थिक चलखेल गरेर टिपरले च्यापिएको देखाएको आरोप लगाएका छन् । 

– जुन ठाउँमा बसे त्यहीं विवादीत

बिष्ट जुन–जुन ठाउँमा प्रहरी प्रमुख भएर बसे, ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्र भएनन्, राजनीतिक शक्तिका आडमा उनी कारबाहीबाट जोगिए । उच्च प्रहरी अधिकारीहरूका माझ नरुचाइने उनी शक्तिकै आडमा प्रहरीमा भर्ना भए । शक्तिकै आडमा प्रहरी उपरीक्षकसम्म पुगे । उनि २०५६ को आम निर्वाचनमा राजनीतिक रूपमा समेत उनी विवादित भए । लोकतन्त्र आएलगत्तै बैतडीमा प्रहरी प्रमुख डीएसपी भएर काम गर्दा महिला प्रहरीलाई यौन हिंसा गरेको उनीमाथि आरोपसमेत लाग्यो ।

प्रहरी निरीक्षकमा भर्ना हुँदा नेपाली कांग्रेसका नेताहरूको आशीर्वाद प्राप्त उनी पछिल्लो समय नेकपा नेताहरूको नजिकमा रहेर काम गरिरहेका थिए । २०७२ सालमा प्रहरी नायब उपरीक्षकबाट बढुवा हुनेबित्तिकै डोटीमा प्रमुखका रूपमा आएका उनी विवादमा आइरहे । एसपी विष्टले म्यादी प्रहरीमा भर्ना हुन बड्डीकेदारबाट आएकी एक महिलालाई परीक्षामा आउने प्रश्न र उत्तरहरू फोनबाट लिक गरेका थिए । ३८ मिनेटसम्म राति फोन गरी प्रश्न लिक गरेको सञ्चारकर्मीहरूले थाहा पाएपछि उनले महिलालाई ज्यान मार्ने धम्की समेत दिएका थिए । 

– महिला प्रहरीमाथि दुव्र्यवहार

निलम्बित एसपी विष्ट दुई वर्ष दार्चुलामा डीएसपीका रूपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट २०६४ पुस ३० देखि २०६६ मंसिर २८ गतेसम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार