Thursday April 25, 2024 | |

कामीरिता शेर्पाद्धारा २४ औं पटक सगरमाथा आरोहण ।

featured-news

७ जेठ, सोलुखुम्बु थामेका कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । गएको बुधबार (जेठ १ गते) २३ औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले आज –मंगलवार) बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिनुभयो । अघिल्लो बर्ष २२ औं पटक सगरमाथा आरोहण गर्दादेखी नै सबैभन्दा बढि पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले लगातार आफ्नै किर्तिमानी तोड्नुभएको हो । उहाँले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गर्नुभएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार