Friday April 26, 2024 | |

सूचना चुहाएको भन्दै ‘रक्षामन्त्रालयका ठेकेदार’ लाई मृत्युदण्ड

featured-news

काठमाडौं- देशको सूचना चुहाएको भन्दै इरानले रक्षा मन्त्रालयका ठेकेदारलाई मृत्यु दण्डको सजाय सुनाएको छ ।इरानको रक्षा मन्त्रालय अन्तर्गत हवाई विभागमा ठेकेदारका रुपमा काम गर्दै आएका जलाल हाजी जावरले अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको आरोमा मृत्युदण्डको सजाय सुनाइएको इरानी समाचार संस्था आइएसएनएले जनाएको छ।

इरानी समाचार संस्था आइएसएनएले सैनिक स्रोतलाई उद्धत गर्दै लेखेको समाचारमा इरान सरकारको रक्षा मन्त्रालयमा हुने गतिविधिको सूचना जावरले अमेरिकी गुप्तचर संस्थामा पुर्‍याएका थिए। उनलाई मृत्यदण्डको सजाय कहिले सुनाएको, कहिले सजाय दिने र कसरी दिने भन्ने कुरा समाचारमा खुलाइएको छैन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार