Thursday April 25, 2024 | |

राजपा कार्यालय पनि सरकारी जग्गामै

featured-news

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । 

सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि दिएको हो । मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार