Friday March 29, 2024 | |

एेतिहासिक एकदिवसीय जित्नु नेपाली टोलीको लक्ष्य

featured-news

नेदरल्याण्डसँगको खेल रेद्द, एमसीसीविरुद्ध नेपालको शानदार जित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको छ ।

त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । पटक–पटक वर्षा भएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको हो । इंग्ल्यान्डको लर्ड्समा भएको खेलमा नेदरल्यान्ड्सले १६.४ ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाउँदा पानी परेपछि खेल केही बेरको लागि स्थगित भएको थियो । तर वर्षा नरोकिएपछि खेल नतिजाविहीन अवस्थामा टुंगिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ४४ रन बनाए । उनले २४ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रियान टेन डोसच्याट र माइकल रिप्पोनले समान ३८–३८ रन बनाए । नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले समान १–१ विकेट लिए ।

यसअघि पानी परको कारण ६ ओभरमा छोट्याइएको एमसीसी विरुद्धको खेलमा भने नेपाल ९ विकेटले विजयी भएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको एमसीसीले निर्धारित ६ ओभर खेल्दै ४० रन बनाएको थियो । ४१ रनको विजयी लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले ४.४ ओभरमा १ विकेटको क्षतिमा सहज जित हात पा¥यो ।

नेपालको जितका लागि सुवास खकुरेलले अविजित १६ र ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । सुवासले १५ बलको सामना गर्दै २ चौका प्रहार गरेर उक्त रन बनाए भने ज्ञानेन्द्रले ४ बलमा १२ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा छोट्याइएको खेलमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो ।

नेपालले सुरुवाती ओभरमा नै उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिन सफल भएको थियो । नेपालका लागि ओपनर बलर सोमपाल कामीले पहिलो ओभरमा १ विकेट लिए भने एमसीसीका जोनाथन ट्रोट रन आउट हुन पुगेका थिए । एमसीसीका लागि कप्तान तथा चर्चित श्रीलंकाली खेलाडी महेला जयवर्दनेले अविजित २४ रन बनाए । एमसीसीका अन्य कुनै खेलाडीले राम्रो रन बनाउन सकेनन् । नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए । त्यस्तै, नेपालका लागि शक्ति गौचनले १ विकेट लिएका थिए । एमसीसी विरुद्धको खेलमा सन्दीप भने महँगो सावित भए । १ ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चेका थिए ।

अब नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले सिरिज खेल्न लागेको हो । नेपालले आगामी बुधबार र शुक्रबार एकदिसीय खेल खेल्दैछ ।

अभ्यास खेलबाटै शुखद् शुरुवात गरेको नेपाली टोलीले आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको हो । यसैबीच, लर्डसमा नेपालको खेल हेर्न अमेरिका र यूरोपका नेपालीको घुइँचो लागेको थियो । नेपालको जितमा नेपाली दर्शक रमाएका थिए । त्यसो त नेपालले लर्डस् भूमिमा दोस्रो पटक खेलेको हो । यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पूरा भएको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग सन् २०१६ को जुलाई १९ तारिखमा पहिलो पटक लर्डसमा खेलेको थियो ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार