Friday April 26, 2024 | |

काफलवाली सम्मानित

featured-news

काठमाडौं- कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री ।

अर्घाखाँचीको सन्धिखर्कस्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारेको अन्नपूर्ण पोस्टमा खबर छ । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’

नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताइन् । उनले भनिन्, ‘पहिलापहिला त लाज पनि लाग्थ्यो । लाज मानेर के गरुँ ? पैसो र पढाइ सम्झन्थें । पछि बानी पर्‍यो । अहिले खुसी छु ।’

उनले कमाएको पैसो देखेर गाउँका सबै खुसी छन् । सन्धिखर्क–६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य भन्छन्, ‘गीता बहिनीले काफल बेचेको देखेको थिएँ । पछि त ७५ हजार रुपैयाँ कमाएको थाहा पाएँ ।’

गीतालाई शनिबार उपल्लो जगातमा भएको कार्यक्रममा सम्मान गरिएको छ । काफलवालीलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले सम्मान गरेका थिए । उनले युवा पुस्ता मेहनती भएमा समाज परिवर्तनमा ढिलाइ नहुने बताए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार