Thursday March 28, 2024 | |

यसरी गरियो भारतमा प्रधानसेनापति शर्माको स्वागत

featured-news

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् । सेनापति शर्माले नरवाणेलाई मायाको चिनो प्रदान गरेका थिए । नरवाणेले पनि शर्मालाई चिनो प्रदान गरे ।

उनलाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार