Friday April 26, 2024 | |

राष्ट्रिय सभाको बैठक आज, विभिन्न संशोधन विधेयक प्रस्तुत हुने

featured-news

काठमाडौं-राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संसद भवनमा दिउँसो १ बजेपछि बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्ने संशोधन विधेयकका विषयमा छलफल हुनेछ ।

आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव मन्त्री ढकालले प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संदलका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि पनि छलफल हुनेछ ।

खबरहव डट कम बाट साभार

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार