Saturday April 20, 2024 | |

नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

featured-news

काठमाण्डाै – नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । सम्झौतामा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ ।

यस्तै भियतनामले नेपाली सामान आयात गर्ने र भियतनामका व्यवसायीले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति भएको छ ।

यस्तै पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ ।

दुवै देशले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने सहमति पनि भएको छ ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभएको छ ।

त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार