Tuesday April 23, 2024 | |

को हुन् काठमाडौं – ७ बाट प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार विनोद पन्त ?

featured-news

काठमाडौं – नेपाली प्रजातान्त्रिक आन्दोलनको आधुनिक पृष्ठभूमिका युवा नेतृत्वको अग्र पङ्क्तिमा आउने विनोद पन्त ले विसं २०५१ सालदेखि नै इकाई सचिवका रूपमा प्रवेश गरेका हुन् ।

विसं २०४६ सालको राजनैतिक आन्दोलनमा सक्रियताका साथ भूमिका निभाएका विनोदले यसरी विसं २०५१ मा इकाई सचिवका रूपमा प्रवेश गरेर २ वर्षपछि विसं २०५३ मा इकाई सभापतिका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
 
विसं २०५३ सालमा नै काठमाडौँ जिल्ला सदस्यका रूपमा चयन भएका विनोद त्यसपछि लगातार ४ पटक चयन भएका थिए । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, तरुण दल केन्द्र सदस्य हुँदै हाल फेरि पनि महाधिवेशन प्रतिनिधि चयन भएका थिए । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार